best cpc cpm ppc ad network

Anti

Monday, July 30, 2018

साउदीमा ड्राइभर नपठाउन विभागको सुझाव

वैदेशिक रोजगार विभागले ड्राइभरको जागिरमा साउदी अरब कामदार नपठाउन व्यवसायीहरुलाई आग्रह गरेको छ । साउदी अरबमा समस्यामा पर्ने मध्ये अधिकांश ड्राइभरको जागिरमा गएकाहरु पाइएपछि विभागले साउदी अरबमा ड्राइभर भन्दै गएका कामदारले काम नपाउने र तत्काल फर्काउन पनि समस्या हुने भएपछि पछिल्ला दिनमा साउदीको ड्राइभर जागिर अत्यन्तै जोखिमपूर्ण मानिएको विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले जनाकारी दिए ।
साउदीमा हाल ड्राईभर अल रोड मेकानिजम, एचडी ड्राइभर, हेड ड्राइभर, हेभी ड्राइभर, हेभी मेकानिकल ड्राइभर, हेभी ईक्वीप्मेन्ट ड्राइभर, हेभी मोटर भेहिकल ड्राइभर, हेभी ट्रक ड्राइभर र ट्रक डेलिभिरी पब्लिक ड्राइभर गरी विभिन्न माग आउने गरेका छन् । तर साउदीमा जीसीसी मान्यता प्राप्त लाइसेन्स नभई तोकिएको काम पाउँदैनन् । तर नेपालबाट जाने कामदार मध्ये कममात्र तोकिएको पेशा अनुसार दक्ष मानिन्छन् ।
अधिकांश कम्तीमा तीन महिनासम्म लेवर काम गरेर मात्र कागजपत्र बनाई ड्राइभरको तलब पाउने गरेका छन् । नेपालबाट लेवरको काम तर ड्राइभरको भीषामा पठाइने कामदारको बेसिक तलब एक हजार साउदी रियाल र खानाको लागि दुई सय रियालमा जाने गरेका छन् । तर हातमा सीप नभएका कामदारले शुरुको महिनादेखि नै तोकिएको तलब पाउन सक्दैनन् । त्यसपछि विवाद शुरु हुने गरेको छ । अधिकांशले परिवारलाई प्रयोग गरेर विभागमा घर फर्काइदिनुप¥यो भनी उजुरी दिने गरेका छन् । तर सरकारलाई शुल्क बुझाएर कामदार मगाएको साउदी रोजगारदाताले कामदार फिर्ता गराउन सहयोग गर्दैन । समस्या समाधान नभएपछि विभागले उजुरीका आधारमा म्यानपावर कम्पनीको कारोबार रोक्का गरिदिने गरेको छ ।
सूचना अधिकारी रिजाल भन्छन्, ‘सबै प्रक्रिया बुझ्दा कामदारसँगै म्यानपावर कम्पनी पनि समस्यामा देखिन्छ । तर कानून अनुसार कम्पनीको कारोबार रोक्का गर्नुपर्ने बाध्यता छ । विभागले कानून पालना गर्नैपर्छ । त्यसैले स्थितिमा सुधार नआएसम्म अहिलेको अवस्थामा साउदीमा ड्राइभर पेशामा कामदार नपठाउनु नै राम्रो मानिएको छ । व्यवसायीले पठाउनु अघि गम्भीरताका साथ सोच्न जरुरी छ ।’
By: http://www.madhyanhadaily.com/2018/07/29/%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A6%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%A1%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%87%E0%A4%AD%E0%A4%B0-%E0%A4%A8%E0%A4%AA%E0%A4%A0%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%B5/

No comments:

Post a Comment