काठमाडौं : सरकारले आफ्ना जायज माग पुरा नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने नेपाली कामदार विदेश नउडाएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिन थालेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई माग पूरा गराउन दवाव दिने उद्देश्यले यही जेठ १७ गते देखि एक सातासम्म कामदार विदेश नपठाउने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई प्रायजसो वैदेशिक रोजगार व्यवसायीहरुले साथ दिई कामदार उडाउन टिकट नलिएका कारण खचाखच भीड हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष गत शुक्रबार यता प्रायः सुनसान देखिन थालेको छ । प्रस्थान कक्षमा फाटफुट्ट मात्र यात्रु देखिने गरेका छन् ।
संघले गत जेठ ३ गते राजधानीको सामाखुशीमा भएको वृहत व्यवसायी भेला मार्फत व्यवसायीका ५ बुंदे माग पूरा नभए जेठ १७ गतेदेखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेको थियो ।
No comments:
Post a Comment