best cpc cpm ppc ad network

Anti

Saturday, July 2, 2016

अब मलेसियामा न्यूनतम पारिश्रमिक वृद्धि हुने

मलेसिया सरकारले आङ्खनो मुलुकमा कार्यरत आप्रवासी कामदारहरूको न्यूनतम पारिश्रामिक वृद्धिको घोषणा गरेको छ । त्यहाँको सरकारले सन् २०१६ को बजेट भाषणबाट सो घोषणा गरेको हो । सो घोषणापछि यसबाट त्यहाँ कार्यरत लाखौँ नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् ।
मलेसिया यसअघि पटकपटक न्युनतम तलब वृद्धिको माग उठ्दै आए पनि तीन वर्षपछि अहिले आप्रवासी कामदारको न्यूनतम पारिश्रामिक बृद्धि भएको हो । मलेसियन सरकारका अनुसार बृद्धि भएको पारिश्रमिक यही जुलाई १ बाट लागू हुनेछ । सरकारले ठाउँ अनुसार ९ सय २० देखि १ हजार रिंगेटसम्म नयाँ न्यूनतम तलवमान निर्धारण गरेको छ । यसअघि मलेसियामा कार्यरत आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक ८ सय २० देखि ९ सय रिंगेटसम्म मात्र थियो ।
यता मलेसियाको रोजगारदाता महांसघले अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताउँदै आएकाले तथा रोजगारदाताहरूले यस घोषणाको विरोध गरिरहेकाले पारिश्रमिक वृद्धिको कार्यान्वयन पक्षमा समस्या पर्ने देखिए पनि मलेसिया सरकारले यसलाई लागू गराउने जनाएको छ ।
Coped from: http://eprabhav.com/?p=10185

No comments:

Post a Comment